३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025

निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन


९ फाल्गुन २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । संसद्‌को राज्‍यव्‍यवस्था समितिले निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको छ ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन गरिएको हो ।

उपसमितिको सदस्‍यहरूमा सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहेका छन् ।

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको हो । राज्‍य व्‍यवस्था समितिका सभापति रामहरि खतिवडाले गरेको प्रस्ताव अनुसार यो निर्णय भएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ९ : ३९ बजे