६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

४३ जनाले एमबीबीएस पास गरे, ४१ जनाले विदेश जान आवेदन दिए


१२ फाल्गुन २०८१, सोमबार  

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद दीपक सिंहले युवा जनशक्तिलाई स्वदेशमा राख्न नसकिएको बताएका छन् । बरु युवाहरू विदेशिनेक्रम बढ्दो रहेको उनको भनाइ छ ।

सोमबार प्रतिनिधिसभामा बोल्दै उनले टिचिङ अस्पतालबाट ४३ जनाले एमबीबीएस पास गरेको र त्यसमध्ये ४१ जनाले विदेश जान निवेदन दिएको बताए ।


‘हालै नेपालको सबैभनदा उत्कृष्ठ टिचिङ अस्पतालमा ४३ जनाले एमबीबीएस पास गरेकोमध्ये ४१ जनाले विदेश जानको लागि नेपालमा आफ्नो भविष्य नदेखेपछि विदेशमा नै अभ्यास गरेर बाँकी अध्ययनका लागि सम्बन्धित निकायमा आवेदन दिइसकेको छ,’ उनले भने । यस्तो विषयमा सम्बन्धित मन्त्रालय र सरकारको ध्यान जान आवश्यक रहेको उनले बताए

Sagarmatha

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ९ : २० बजे