काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।
चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो । पारसलाई किन पटक पटक हृदयघात भइरहेको छ ? भन्ने प्रश्न ती चिकित्सकले भने, ‘राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ ।’
ती चिकित्सकका अनुसार अबको ३ दिन अझै अस्पतालको निगरानीमा राखिनेछ ।
