काठमाडौं । प्रेस चौतारी संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार संगठनको केन्द्रीय कार्यालयमा सार्वजनिक गरेका हुन् ।
प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा चैत १० देखि १२ गतेसम्म हुँदै छ ।कोशी प्रदेशको राजधानी विराटनगरमा हुने महाधिवेशनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रेस चौतारी नेपाल १० औं अधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’, राखिएको छ ।
लोगोमा नेपालको गौरव र गरिमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेटिएको छ । त्यस्तै इलामको श्रीअन्तुको सूर्योदयको दृश्य, नेपालको सबैभन्दा होचो भाग झापाको केचनाकवल, कोशी टप्पु वन्यजन्तु आरक्ष, भोजपुर, खोटाङ र सोलुखुम्बुको बिचमा पर्ने संस्कृति र सभ्यताको केन्द्र मुन्धुम ट्रेल, प्रकृति अनि इतिहासको केन्द्र कञ्चनजङ्घा, ९ताप्लेजुङ०, मकालु ९सङ्खुवासभा० भेडेटार–हिले ९धनकुटा०, धरान, विराटनगर लगायतका क्षेत्रलाई पनि लोगोमा समेटिएका छन् ।

सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले ९टिएमजे०, चिया बगान लगायतलाई लोगोमा समेटिएको छ ।
लोगो सार्वजनिक गर्दै संगठनका अध्यक्ष गणेश बस्नेतले लोगोमा कोशी प्रदेशको पहिचानलाई समेट्ने प्रयत्न गरिएको बताए । लोगोमा पत्रकारको कलमदेखि क्यामरासम्म समेटिएको उहाँले स्पष्ट पारे । ‘हाम्रो यात्रा उज्यालो तर्फ छ, अब उज्यालोको यात्रा लिएर समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षा लिएर अघि बढ्नु पर्छ भनेर हामीले त्यही अनुसारको लोगो बनाएका छौँ’, उहाँले भने ।
अबको यात्रा आत्मनिर्भर अर्थतन्त्र निर्माणको हुनु पर्छ भन्ने कुरामा प्रेस चौतारी नेपाल स्पष्ट भएको बताए । अबको यात्रा यथास्थितिबाट अघि बढ्ने यात्रा भएको उहाँले बताए । समुन्नत नेपाल निर्माणमा अघि बढ्न पनि बस्नेतले सबैमा आह्वान समेत गरेका छन् । । लोगो सार्वजनिक कार्यक्रममा संगठनका महासचिव हीरामान लामाले प्रेस चौतारीको लोगो परिवर्तनको सन्देश दिने लागो भएको बताए । प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारको आन्दोलनलाई उचाइमा पुर्याउनका लागि, सो लोगो तयार गरिएको बताए । कार्यक्रममा संगठनका उपाध्यक्षहरु लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।