३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025

प्रचण्ड संसदमा बोल्दा प्रधानमन्त्री आज पनि उपस्थित नहुने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (मंगलबार) प्रतिनिधि सभामा बोल्दैछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर जाने भएकाले प्रचण्ड बोल्दा प्रतिनिधि सभामा अनुपस्थित रहनेछन् ।

सोमबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रचण्डले संसदलाई गर्ने सम्बोधनबारे छलफल भएको थियो । छलफलपछि प्रचण्डले सम्बोधन गर्ने तय भएको हो । यसअघि गत माघ २४ गते प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधि सभामा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओली उपस्थित नभएकोमा गुनासो गरेका थिए ।

‘संसदीय लोकतन्त्रको परम्पराअनुुसार सत्तापक्षको तर्फबाट बोल्दा प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधनमन्त्री उपस्थित रहने परम्परा छ’ प्रचण्डले भनेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : ५७ बजे