
काठमाडौं । आमसञ्चार विधेयकमाथि दफावार छलफल संसदीय समितिमा हुने भएको छ । मंगलबार बस्ने प्रतिनिधि सभाले यो विधेयकमाथि दफावार छलफल गर्न संसदीय विषयगत समितिमा पठाउने कार्यसूची छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आमसञ्चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसका अलावा प्रतिनिधि सभामा उपभोक्ता अदालत गठनको सूचना संसदमा टेबुल गर्ने कार्यक्रम छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत गठन सम्बन्धी सूचना टेबुल कार्य सम्भावित कार्यसूची छ ।

मंगलबार मोन्ट्रियल प्रोटोकल किगाली संशोधन संसदले अनुमोदन गर्ने कार्यक्रम पनि छ । प्रतिनिधि सभाको बैठकमा वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधन अनुमोदन गर्न सभामा प्रस्तुत गर्ने कार्यसूची छ ।







