९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

यौन व्यवसाय खुला गर्नुपर्ने भनाइप्रति कांग्रेस प्रमुख सचेतक घिमिरेले माफी मागे



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने आफ्नो अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन् ।

चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्दा रोजगारी र आर्थिक वृद्धि हुने बताएका थिए । तर, यो अभिव्यक्तिप्रति संसद भित्र र बाहिर आलोचना भएपछि उनले माफी मागेका हुन् ।

बुधबारको संसद बैठकमा घिमिरेले आफ्नो धारणा व्यक्तिगत भएको स्पष्ट पार्दै नेपाली कांग्रेस वा संसदीय दलको आधिकारिक विचार नभएको बताए । साथै, यसबाट कुनै नकारात्मक प्रभाव परेको भए माफी माग्ने उल्लेख गरे ।

Sagarmatha

यसअघि, नेपाली कांग्रेसका नेताहरूले उनलाई माफी माग्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ६ : ४८ बजे