२५ असार २०८२, बिहिबार | Thu Jul 10 2025

सम्पत्ति शुद्धीकरण मुद्दामा रवि लामिछानेको सांसद पद निलम्बन



काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा दायर भएकोले उनको पद निलम्बन भएको हो । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (२) बमोजिम यो निर्णय लिइएको संसद सचिवालयले बताएको छ ।

गत ८ पुसमा सभामुख देवराज घिमिरेले लामिछानेको पद निलम्बन गर्ने निर्णय गरेका थिए । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा दर्ता भएको थियो । यसै आधारमा उनको पद निलम्बन गरिएको हो ।

तर, विपक्षी दलहरूले यस निर्णयलाई अनुचित ठहर्याउँदै आएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामिछानेको पद निलम्बनलाई लोकतन्त्र विरुद्धको कदम भनेका छन् । उनका अनुसार सदनभित्र बहस गराउनु नै लोकतन्त्रलाई मद्दत गर्ने काम हो ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  ६ : ५९ बजे