८ असार २०८३, सोमबार | Tue Jun 23 2026

सरकारद्वारा दुर्गा प्रसाईंविरुद्ध कारबाहीको तयारी



काठमाडौं । सरकारले राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर दुर्गा प्रसाईंलाई कानुनी कारबाही गर्ने बताएको छ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारले प्रसाईंविरुद्ध कारबाहीको प्रक्रिया अघि बढाउने बताएका हुन्।

पत्रकार सम्मेलनमा सहसचिव रिजालले प्रसाईंले गरेको गतिविधि कानुनी दायराभन्दा बाहिर रहेको भन्दै आवश्यक कारबाही गरिने स्पष्ट पारे।

Sagarmatha

‘सरकारले कानुनअनुसार अघि बढ्छ, दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ,’ रिजालले भने।

सरकारले हालैका प्रदर्शनहरूमा हिंसा र तोडफोड भएका घटनाहरूको छानबिन गरिरहेको छ। यस क्रममा दोषी ठहरिनेहरूलाई कारबाही गर्ने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १२ : ४२ बजे