काठमाडौं । शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले पुष्टि गरेका छन्।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार महर्जनलाई घाँटीमा गोली लागेको अवस्थामा अस्पताल ल्याइएको थियो।

‘४:३० बजे अस्पताल ल्याउँदा उनको मृत्यु भइसकेको थियो। घाँटीमा गोली लागेको रहेछ,’ डा. आचार्यले जानकारी दिए।
शुक्रबार दिउँसोको प्रदर्शनका क्रममा घाइते भएका महर्जनलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुर्याइएको थियो। तर, अस्पताल ल्याउनुअघि नै उनको मृत्यु भइसकेको चिकित्सकहरूले पुष्टि गरेका छन्।
सरकारले प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्ने बताएको छ।