८ असार २०८३, सोमबार | Tue Jun 23 2026

समाजवादी मोर्चाद्वारा राजावादी गतिविधिलाई अराजकताको संज्ञा



काठमाडौं । समाजवादी मोर्चाले राजावादी प्रदर्शनलाई अराजकता भन्दै कडा आलोचना गरेको छ।

शुक्रबार राजावादी र गणतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि भएको भन्दै मोर्चाले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, र नेकपा महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरूले जारी गरेको विज्ञप्तिमा दोषीमाथि कडा कारबाहीको माग गरिएको छ।

Sagarmatha

मोर्चाले निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड, आगजनी र हिंसात्मक गतिविधि बढेको भन्दै सरकारलाई सुरक्षाका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १ : २६ बजे