८ असार २०८३, सोमबार | Tue Jun 23 2026

एमालेद्वारा राजावादी आन्दोलनको निन्दा, दोषीलाई कारबाहीको माग



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुक्रबार काठमाडौंका विभिन्न स्थानमा राजावादी समूहले गरेको हिंसात्मक गतिविधिको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेको छ।

एमालेका महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा तीनकुने, कोटेश्वर, जडीबुटी लगायतका स्थानमा राजावादी प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेको, निजी तथा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको भन्दै कडा आलोचना गरिएको छ।

विज्ञप्तिमा राजावादी समूहको हिंसा लोकतान्त्रिक व्यवस्थामाथि अराजक हमला भएको उल्लेख गर्दै दोषीलाई कानूनको कठघरामा ल्याउन सरकारसँग माग गरिएको छ। साथै, एमालेले नागरिक समाज, राजनीतिक दल र आम जनतालाई लोकतन्त्रको पक्षमा एकजुट हुन आह्वान गरेको छ।

Sagarmatha

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  २ : २४ बजे