८ असार २०८३, सोमबार | Tue Jun 23 2026

राप्रपा नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्। उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले शुक्रबार भएको घटनासँग सम्बन्धित अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

प्रहरीले केहीबेरअघि उनीहरूलाई पक्राउ गरेको हो। मिश्रका अनुसार, अस्पतालमा घाइतेहरूलाई भेटेर फर्कने क्रममा आफूहरूलाई नियन्त्रणमा लिइएको हो। उनले भने, “अहिले हामी दुवै जना घाइतेलाई भेटेर अस्पतालबाट फर्कंदै थियौं। सोही क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।”

शुक्रबार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिइरहेको छ। उक्त प्रदर्शनमा काठमाडौँका विभिन्न स्थानमा तोडफोड र आगजनी भएको थियो, जसका कारण पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।

Sagarmatha

यस विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ५ : ३७ बजे