२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

संसद्‌को हिउँदे अधिवेशन अन्त्यको तयारी, मन्त्रिपरिषद्‌ बैठकमा छलफल हुँदै



काठमाडौं । संघीय संसद्‌को हिउँदे अधिवेशन अन्त्य गर्ने विषयमा सरकारले तयारी थालेको छ । सोमबार बस्ने मन्त्रिपरिषद्‌ बैठकमा यसबारे छलफल हुने बताइएको छ । बजेट अधिवेशन नजिकिँदै गएसँगै चालु अधिवेशन अन्त्य गर्ने समय आएको सरकारको निष्कर्ष रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्ड प्रस्थान गर्दैछन् भने सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू) को महासभामा भाग लिन चैत २२ गते उज्वेकिस्तान जाँदैछन् । यस सन्दर्भमा संसद्‌ नेतृत्वसँग आवश्यक परामर्श भइरहेको स्रोतले जनाएको छ ।

संघीय संसद्‌को चालु अधिवेशन गत १८ माघमा सुरु भएको थियो । अब नयाँ अधिवेशनका तयारीस्वरूप हिउँदे अधिवेशनलाई छिट्टै अन्त्य गरिने सम्भावना छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  १२ : ०५ बजे