२८ असार २०८२, आइतबार | Sun Jul 13 2025

बिमस्टेकको शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्यान्ड प्रस्थान


१८ चैत्र २०८१, मंगलबार  

7
Shares

काठमाडौं । बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड प्रस्थान गरेका हुन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् । प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन्

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १० : १४ बजे