६ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025

ममाथि अन्याय भएको छ, गिरफ्तारी दिँदैछु : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई अन्याय गरिएको भन्दै अदालतको सम्मान स्वरूप स्वेच्छिक रूपमा गिरफ्तारी दिन लागेको बताएका छन् ।

शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि उनलाई पक्राउ गर्न प्रहरीको टोली बुढानीलकण्ठस्थित उनको निवासमा पुगेको छ ।

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु,’ लामिछानेले भनेका छन्, ‘साथै, न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु ।’

उनले आफूमाथि अन्याय भएको दाबी गर्दै कानुनी रूपमा लड्ने संकेत गरेका छन् । ‘ममाथि ठूलो अन्याय भएको छ,’ उनले जोड दिए ।

साथै, उनले आफ्ना कार्यकर्ताहरूलाई भोलि चितवनमा आयोजना गर्न लागिएको कार्यक्रम यथावत् सञ्चालन गर्न आग्रह गरेका छन् । ‘हाम्रो योजना र अभियान नरोकिनेछ, पार्टी पंक्तिले निर्धक्क रूपमा अघि बढ्नुपर्छ,’ लामिछानेले भनेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ३ : ३६ बजे