८ असार २०८३, सोमबार | Tue Jun 23 2026

उच्च अदालतको आदेशपछि घरबाटै पक्राउ परे रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । संगठित रूपमा सहकारी ठगी गरेको आरोपमा उच्च अदालत बुटवलको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएपछि प्रहरीले उनलाई घरमै गएर पक्राउ गरेको हो ।

शुक्रबार अदालतले थुनामा पठाउने आदेश गरेपछि प्रहरीको टोली तत्कालै बुढानीलकण्ठस्थित लामिछानेको निवासमा पुगेको थियो । पक्राउ परेपछि उनलाई आजै बुटवल, भैरहवा लैजाने तयारी गरिएको छ ।

बुटवलस्थित सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेपछि उनी उच्च अदालत पुगेका थिए र साधारण तारेखमा छाड्नुपर्ने माग गरेका थिए । तर, उच्च अदालतले थुनामा राख्न आदेश दिएपछि उनलाई घरबाटै पक्राउ गरिएको हो ।

Sagarmatha

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ३ : ४८ बजे