१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । संगठित रूपमा सहकारी ठगी गरेको आरोप लागेका लामिछानेलाई उच्च अदालत बुटवलको इजलासले थुनामा पठाउन आदेश दिएपछि प्रहरीले उनलाई घरमै गएर पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई आज काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिनेछ । भोलि मात्रै उनलाई भैरहवा लग्ने तयारी गरिएको छ ।

शुक्रबार उच्च अदालत बुटवलले थुनामा पठाउने आदेश गरेलगत्तै बुढानीलकण्ठस्थित लामिछानेको निवासमा प्रहरीको टोली पुगेको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझेपछि उनी उच्च अदालत पुगेका थिए । तर, उच्च अदालतले थुनामा पठाउन आदेश दिएपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, शुक्रबार  ३ : ५७ बजे