२४ असार २०८२, बुधबार | Wed Jul 9 2025

प्रधानमन्त्री ओलीले हर्क साम्पाङलाई भने : ‘खानेपानी आयोजनाको प्रक्रिया सुरु भयो’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया संघीय सरकारले औपचारिक रूपमा अघि बढाएको घोषणा गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई ‘साम्पाङ’ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “धरानबासीले शुद्ध खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढेको छ। संघीय सरकारले बजेटको व्यवस्था लगायत आवश्यक सहजीकरण गर्नेछ। धरानबासीलाई यो सन्देश पुर्‍याइदिनुहोस् ।”

यसअघि नै संघीय सरकारले खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरिसकेको जानकारी पनि दिइएको छ ।

भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनसम्बन्धी विषयमा समेत धारणा राख्दै अब परम्परागत विधिले नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल साइट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

धरान उपमहानगरले खानेपानी तथा फोहोरमैला व्यवस्थापनका लागि संघीय सरकारसँग समन्वय गर्दै आएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  २ : १५ बजे