२५ असार २०८२, बिहिबार | Thu Jul 10 2025

आज काठमाडौंमा वर्षाको सम्भावना, देशका विभिन्न स्थानमा असिना र पानी



काठमाडौं । देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भएको छ भने रुकुमपश्चिममा असिनासहितको पानी परेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही जिल्लामा वर्षा मापन भएको छ ।

सबैभन्दा धेरै वर्षा म्याग्दीको मुनामा ३२.६ मिमि मापन गरिएको छ । त्यसपछि सिन्धुपाल्चोकको चन्द्रखु (२२ मिमि) र झापाको बाहुनडाँगी (२१.४ मिमि) मा उल्लेखनीय वर्षा भएको छ । रुकुमपश्चिमको चौखाबाङमा असिनाले बालीमा क्षति पुर्‍याएको छ ।

काठमाडौं उपत्यकामा हिजो वर्षा भएन । तर आज र भोलि (बुधवार र बिहीबार) हल्कादेखि मध्यम वर्षा हुने सम्भावना मौसमविदले बताएका छन् । हाल देशमा पश्चिमी, स्थानीय र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

शुक्रबारदेखि भने पानी पर्नेको क्रम कम हुँदै जाने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  १ : ३७ बजे