१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025

डोल्पामा बिहानै भूकम्पको धक्का



काठमाडौं । डोल्पा जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्र रहेको बताइएको छ ।

भूकम्पका कारण स्थानीयबासीले हल्का धक्का महसुस गरे पनि हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण आएको छैन ।

यसअघि वैशाख १२ गते, गोरखा भूकम्प गएको दसौं वर्ष पुगेकै दिन सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो । लगातार साना भूकम्पका गतिविधिले भूगर्भविद्हरूले सतर्क रहन आग्रह गरेका छन् । भूकम्पीय जोखिमयुक्त क्षेत्र भएकाले साना धक्काहरूलाई पनि सजगता साथ लिन विज्ञहरूले सुझाव दिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : १७ बजे