शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौं । रारा समाजको आयोजनामा काठमाडौंस्थित बसेरा होटेलमा एक विशेष शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सो अन्तरक्रिया  कार्यक्रममा कालिका माध्यमिक विद्यालय, बुटवलका पूर्व प्रधानाध्यापक श्री घनश्याम पाठकले विद्यालय व्यवस्थापन सम्बन्धमा उनले महत्वपूर्ण भनाई राखेका हुन् ् । पूर्व प्राध्यपक पाठकले विद्यालय सफल बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र पारदर्शिता अत्यन्त जरुरी रहेको कुरामा जोड दिएका छन् । उक्त अन्तरक्रिया कार्यक्रममा आफ्ना अनुभवहरू सुनाउँदै, शैक्षिक गुणस्तर सुधारका लागि नवीन सोच र नियमित संवाद आवश्यक रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले नेपालको शैक्षिक विकासमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूको महत्व औँल्याउँदै, शिक्षा क्षेत्रलाई सबल बनाउन सबै तह र तप्काको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् ।
सो  कार्यक्रमको अध्यक्षता रारा समाजका अध्यक्ष नेत्र मल्लले गरेका थियो भने, कार्यक्रमको सञ्चालन भुपेन्द्र मल्लले गररेको थियो ।
सो अवसरमा रारा समाजले शिक्षाक्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै श्री घनश्याम पाठकलाई विशेष सम्मान समेत गरिएको थियो। सो
कार्यक्रममा शिक्षक, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार