काठमाडौं । सरकारले हदबन्दी छुट (क्वोटाबाहिरको) जग्गा बेच्न दिने व्यवस्था गरिएको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२’ संसदमा दर्ता गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मंगलबार प्रतिनिधिसभामा यो विधेयक दर्ता गराएका हुन्।
विधेयकअनुसार घरजग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले सूचित आदेशले तोकेको हदभित्रको जग्गा प्रचलित कानुनअनुसार विकास गरी घडेरी बनाउने वा घडेरीमा घर निर्माण गरी बिक्री गर्न सक्नेछ। सरकारले यस व्यवस्थामार्फत कम्पनीहरूले कुन सन्दर्भमा जग्गा बेच्न पाउने र नपाउने भन्ने कानुनी अन्योल हटाउने स्पष्ट गरेको छ।
यसअघि २ माघ २०८१ मा सरकारले अध्यादेशमार्फत यी व्यवस्थाहरू ल्याएको थियो, तर संसद्बाट अनुमोदन नहुँदा अघि बढ्न सकेन। त्यसपछि सरकारले अध्यादेशका प्रावधानहरू समेटेर विधेयक ल्याएको हो।

प्रस्तावित विधेयकले भूमि सम्बन्धी ऐन २०२१ को दफा १२ मा संशोधन गर्ने प्रस्ताव गरेको छ, जसले हदबन्दी छुटको जग्गा बिक्री गर्न अनुमति दिनेछ। मन्त्रालयका अनुसार नयाँ र पहिलेका संशोधनहरूलाई विधेयकमा समेटेर जग्गा कारोबारसम्बन्धी स्पष्टता ल्याउन खोजिएको छ।
विधेयक पढ्नुहोस ।
[pdf-embedder url=”https://www.sagarmathaonline.com/wp-content/uploads/2025/05/bhumi-adhyades-2082.pdf” title=”bhumi adhyades 2082″]