पाकिस्तानले भारतीय हवाई हमलाको जबाफ दिने

  सगरमाथा अनलाइडटकम
7 Shares

काठमाडौं ।  भारतले आतङ्ककारीहरूको ठेगानाू भन्दै पाकिस्तान तथा पाकिस्तान (प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा गरेको २५ मिनेट लामो क्षेप्यास्त्र तथा हवाई हमलाले ठूलो खैलाबैला मच्चिएको छ।

पाकिस्तानले केवल छ ठाउँमा प्रहार भएको भनेको छ। उसले आफ्नो सेनाले भारतका पाँचवटा लडाकु विमान र एउटा ड्रोन खसालिदिए दाबी गरेको छ तर भारतले त्यसबारे केही भनेको छैन।

इस्लामाबादले भारतीय हवाई आक्रमण तथा नियन्त्रण रेखामा भएका गोलाबारीमा आफ्नो तर्फ ३१ जना मारिएका र ५७ जना घाइते भएको बताएको छ। त्यस्तै नियन्त्रण रेखामा भएको गोलाबारीमा १५ गैरसैनिक मानिस मारिएको भारतीय सेनाले जनाएको छ।

केही साताअघि भारत(प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्गकारी हमलामा २६ जना मारिएपछि दुई देशबीच तनाव चुलिएको बेला भारतको हवाई हमलपछि दुईदेशबीच युद्धमा होमिने प्रचुर सम्भावना बढेको छ ।

भारतले पहलगाम घटनामा पाकिस्तानमा भएका आतङ्ककारीको संलग्नता भएको प्रमाण आफूसँग भएको दाबी गरेको छ। तर पाकिस्तानले भारतको दाबीलाई ठाडै अस्वीकार गरेको छ। आफ्नो दाबी प्रमाणित गर्न भारतले कुनै प्रमाण पेस नगरेको इस्लामाबादको भनाइ छ। सो आरोपको खण्डन गर्दै पाकिस्तानले भारतीय हमलाको पूर्ण जवाफ दिने सञ्चारमाध्यमलाई बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार