९ असार २०८२, मंगलबार | Tue Jun 24 2025

भारत र पाकिस्तानद्वारा एकअर्कामाथि सङ्घर्षविरामको उल्लङ्घन गरेको आरोप


२८ बैशाख २०८२, आइतबार  

0
Shares

काठमाडौं । भारत र पाकिस्तानले केही दिनदेखि सीमापारि सैन्य आक्रमण गर्ने क्रमलाई तत्काल रोक्ने गरी ुपूर्ण युद्धविरामु घोषणा गरेको केही घण्टामै एकअर्कामाथि उक्त सहमति ूउल्लङ्घन गरेकोू आरोप लगाएका छन्।

शनिवार राति भारत(प्रशासित कश्मीरमा धेरैवटा विस्फोटनको आवाज सुनिएपछि भारतका विदेशसचिव विक्रम मिसरीले ूहामीले गरेको सहमतिको पटकपटक उल्लङ्घनू भएको बताए।

त्यसको केही समयपछि पाकिस्तानको विदेश मन्त्रालयले ूकेही क्षेत्रमा भारतले सहमति भङ्ग गरिरहेकोू प्रत्यारोप लगायो। तर उसले पाकिस्तान ूयुद्धविरामको कार्यान्वयनका लागि प्रतिबद्धू भएकोमा जोड दियो।

भारत र पाकिस्तानबीच गत बुधवार मध्यरापछि चलेको लडाइँलाई केही दशकयताको सबैभन्दा नराम्रो सैन्य द्वन्द्व मानिएको छ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ुट्रूथ सोशलुमा भारत र पाकिस्तानबीच युद्धविरामको सहमति घोषणा गर्दै त्यसका लागि अमेरिकाले मध्यस्थता गरेको बताएका थिए। पछि भारत र पाकिस्तानका अधिकारीहरूले सहमति भएको पुष्टि गरे। पाकिस्तानका विदेशमन्त्रीले सहमतिमा पुग्न ूतीन दर्जन देशहरूूको कूटनीतिक संलग्नता भएको बताए।

तर त्यसको केही घण्टापछी भारत(प्रशासित कश्मीरका श्रीनगर र जम्मू क्षेत्रमा स्थानीय बासिन्दा तथा बीबीसी संवाददाताहरूले विस्फोटनहरूको आवाज सुनेको र आकाशमा उज्यालो र चम्किलो बस्तुहरू देखिएको विवरणहरू दिएका थिए।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ५ : ०४ बजे