४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

पानीजहाज विधेयकमा छलफल गर्दै संसदीय समिति


१ जेष्ठ २०८२, बिहिबार  

0
Shares

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयकमा छलफल गर्दै छन् । यो विधेयकको प्रतिवेदन तयार पारिसकेको छ । प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने तयारी रहेको समितिले जनाएको छ ।

 

प्रस्तावित विधेयकका प्रत्यायोजित अधिकार अधिक रहेको भनेर सांसदहरूले आलोचना गर्दै आएका छन् । ९५ वटा ‘तोकिए बमोजिम’ शब्द विधेयकमा थिए ।

९१ वटा दफा रहेको विधेयकमा ९५ वटा तोकिए बमोजिम रहेको भनेर आलोचना भइरहेका बेला समितिले तोकिए बमोजिम शब्द घटाउने प्रयास गर्दैछ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ५ : ३२ बजे