३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

धर्मको विषयलाई लिएर नेपाली कांग्रेसमा आसन परिवर्तनको दबाव


६ जेष्ठ २०८२, मंगलबार  

7
Shares

काठमाडौं ।    संविधान जारी गर्दा जनमत लिइएको थियो, त्यो अब खोल्नुपर्छ, वैदिक सनातन हिन्दूराष्ट्र चाहिन्छ भन्ने ८५ प्रतिशत जनताको मतको आधारमा संविधान संशोधन हुनुपर्छ,ू नेपाली कांग्रेसका सांसद शङ्कर भण्डारी भन्छन्, जिद्दी नगरौँ, पहिले देश र जनता हो, पार्टी गौण हो, पार्टीभन्दा माथि देश र जनता हुन्छ। पार्टीमा रहौँला नरहौँला, तर नेपाली त रहनु पर्ला नि।

उनी संविधान सभामा सदस्य थिए। चित्त नबुझे पनि पार्टीको निर्देशन स्वीकार गर्दै संविधान पारित गरेको जनाउँदै प्रतिनिधिसभाको वैशाख २६ गतेको बैठकमा उनले भने, त्यतिखेरको जनताको मत सङ्घीयताको पक्षमा पनि छैन, म त्यतिकै बोलिरहेको छैन, त्यो जनमत खोलौँ।

त्यस बेला ुसङ्कलन गरिएको जनमतको बेवास्ता गर्दै संविधानमा धर्मनिरपेक्षता लेखिएकोु भन्दै कतिपय कांग्रेस नेताहरूले असन्तुष्टि प्रकट गर्दै आएका थिए।

संविधान संशोधन गर्ने साझा समझदारीमा टेकेर नेकपा एमालेसँग नयाँ सत्ता गठबन्धन बनाएपछि कांग्रेसमा धर्म निरपेक्षता विरोधी आवाज चर्किने सङ्केत देखा परेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई महिनाअघि बुझेको एउटा आन्तरिकु प्रतिवेदनमा ुसंविधानको प्रस्तावनामै हिन्दूराष्ट्रको व्यवस्था गरिनुपर्नेु उल्लेख छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ६ : ०८ बजे