४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

यो सिजनमा ३९५ जनाले गरे सगरमाथाको सफल आरोहण


सगरमाथा अनलाइन

६ जेष्ठ २०८२, मंगलबार  

56
Shares


काठमाडौं । वसन्त ऋतुको जारी आरोहण सिजनमा हालसम्म ३९५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

पर्यटन विभागका अनुसार तीमध्ये १५३ जना आरोहण अनुमति लिएका विदेशी तथा स्वदेशी आरोही छन् भने २३५ जना शेर्पा सहयोगी छन्। बाँकी ७ जना डोरी टाँग्ने प्राविधिक समूहका सदस्य हुन्।

यो सिजन सगरमाथा आरोहणका लागि ४७ समूहका ४६८ जनाले अनुमति लिएका थिए। सगरमाथासहित कुल २७ वटा हिमालमा १२७ समूहका १,१६८ जनाले आरोहण अनुमति लिएको विभागले जानकारी दिएको छ।

Sagarmatha

हाल सगरमाथामा धमाधम आरोहण जारी रहेको विभागले जनाएको छ। यस वर्ष ५७ देशका आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  १२ : ४० बजे