४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

आर्थिक सर्वेक्षण संसद्‍मा पेस, आर्थिक वृद्धिदर ४।६१ प्रतिशत


१५ जेष्ठ २०८२, बिहिबार  

0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् ।

उनले यस वर्ष ४।६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराए । मधेश, कोशी, सुदूरपश्चिम बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए । अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने उनले बताए ।

कुल गार्हस्थ उत्पादन ९जीडीपी० मा कृषिको योगदान २५।१६ प्रतिशत रहेको समेत उनले जानकारी दिए । मुद्रास्फीति ४।७२ प्रतिशत रहने अनुमान गरिएको छ ।

फागुन २०८१ सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको समेत उनले जानकारी दिए । वित्तीय पहुँच बढेको र सबै स्थानीय तहमा बैंकको शाखा पुगेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ९ : २७ बजे