४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनबारे न्यायपरिषद्को आकस्मिक बैठक



काठमाडौं । कांग्रेस सांसद मोहम्मद आफ्ताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने फैसलाबारे छलफल गर्न प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा  न्यायपरिषद्को आकस्मिक बैठक बस्न लागेको छ ।

उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित उजुरी परेको छ । विशेष अदालतमा विवादास्पद निर्णय दिइसकेपछि थारुले आलम प्रकरणमा पनि सफाइ दिएको विषयमा गम्भीर प्रश्न उठेका छन् ।

परिषद्ले फैसलाको मिसिल मगाइसकेको छ भने प्रारम्भिक छलफलमा थारु र महर्जनमाथि छानबिनको प्रस्ताव पेस गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ५ : २१ बजे