८ असार २०८३, सोमबार | Mon Jun 22 2026

गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार: गृहमन्त्री लेखक


२३ जेष्ठ २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । सरकारले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । गृहमन्त्री रमेश लेखकका अनुसार उक्त विधेयकको मस्यौदा बनेर प्रक्रियामा अगाडि बढेको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिएका हुन् ।


उनका अनुसार गैरआवासीय नेपाली नागरिकताको विषयलाई सम्बोधन गर्नका लागि बेग्लै ऐन बनाउन लागिएको बताएका छन् ।

Sagarmatha

उनल भनेका छन्, ‘गैरआवासीय नेपाली नागरिकता दिँदा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको जुन संविधानको भावना छ, त्यो अनुसार गैरआवासीय नेपाली सम्बन्धी विधेयक ड्राफ्ट भइसकेको छ ।’ विभिन्न मन्त्रालयहरुमा राय, परामर्शहरुका लागि अगाडि बढेको उलेख गर्दै गृहमन्त्री लेखकले थपेका छन्, ‘त्यसलाई सरकारले चाँडै क्याबिनेटको सहमतिका साथ सदनमा ल्याउँछ ।’

मन्त्री लेखकका अनुसार गैरआवासीय नेपाली नागरिकता दिँदा संविधानको भावनाअनुसार राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितको नागिरकता दिइनेछ ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ७ : ३७ बजे