काठमाडौं । बिबिसी नेपालीबाट, इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ भने इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला ुअपरेशन राइजिङ लाइअनु नाम दिइएको सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरेलको ूअस्तित्वको लागिू खतरा भएको बताएका छन्। उनले ूआवश्यकता रहेसम्म आक्रमण जारी राख्नेू बताउँदै इजरेलको हमलाले ूइरानको परमाणु प्रशोधन कार्यक्रमको मुटुमा नै प्रहार गरेकोू पनि बताए।
इजरेलले जबाफी हमलाको अपेक्षा गर्दै देशमा संकटकालको घोषणा गरेको छ। इरानको रिभोलुशनरी गार्डस्को मुख्यालयमा इजरेली हमला भएको इरानी सरकारी सञ्चार माध्यमले जनाएको छ। स्थानीय मिडियाले पनि त्यहाँ आगो लागेको र धुवाँ आइरहेको जनाएका छन्।








