२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

आंशिक प्राध्यापक संघले उपकुलपति, रेक्टर, रजिस्ट्रार कार्यालयमा ताला


३१ जेष्ठ २०८२, शनिबार  

0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा ताला लगाएका छन् ।

आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बूले ६ सुत्रीय माग राखेर ताला लगाइएको बताए ।

त्रिविले अनुसन्धानत्मक विशिष्टको आधारमा ९फास्ट ट्र्याक० १०० जना शिक्षकको विज्ञापन खुलाएको विरोधमा आंशिक प्राध्यापक संघले ताला लगाएको हो ।

‘फास्ट ट्र्याकको नाममा लिखित परिक्षा बिना नै अन्तर्वार्ताको आधारमा उप(प्राध्यापक बनाउने नियतका साथ हुन गइरहेको विज्ञापन तत्काल खारेज गरि सबैलाई प्रतिस्पर्धा गर्न पाउने

संवैधानिक हक सुनिश्चित गर्न भनेका हौँ,’ अध्यक्ष लिम्बुले भने । त्रिभुवन विश्वविद्यालयले सीमित सिट संख्यामा गर्न लागेको विज्ञापन तत्काल रोकेर नियम अनुसार रिक्त रहेको सम्पूर्ण दरवन्दी आउने ६ महिना भित्र सेवा निवृत्त हुने शिक्षकहरुको समेत गरी ५ हजार २ सय ३ को पटकमा तत्काल विज्ञापन गर्नुपर्ने माग आंशिक प्राध्यापकको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ९ : २८ बजे