काठमाडौं । संसद्मा रास्वपाका सांसदहरु पलेँटी कसेर बसेकोप्रति नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले नियमापत्ति गरेका छन् ।
प्रतिनिधि सभा नियमावलीको नियम २० को ‘झ’ अनुसार संसद्मा सांसदहरू पलेँटी कसेर बस्न नपाउने उनको भनाइ छ ।

‘कसैले विरोध गर्न पर्यो भने उभिएर विरोध गर्नुपर्ने हाम्रो परम्परा पनि छ । नियमावलीमा व्यवस्था पनि छ । तर, सम्माननीय सभामुखको ड्यासतर्फ, सभामुखको आसनतर्फ चप्पल, जुत्ता खोलेर ध्यान गरे जस्तो गरेर विरोध गर्ने यो संसदीय मर्यादा भएन’ सांसद पौडेलले प्रश्न गरे । सभामुखले संसदीय मर्यादा कायम गर्नका लागि भूमिका खेल्नुपर्ने उनको आग्रह छ । सभामुखले ध्यानाकर्षण भएको बताएपछि सांसद पौडेल बसे । रास्वपाका सांसद हरूले प्रतिनिधि सभामा वेल घेराउ गरिरहेका छ्न । त्यसक्रममा उनीहरू वेलमै पलेँटी कसेर बसेका छन् । यस्तो गर्नु संसदीय मर्यादा विपरित रहेको एमाले सांसद पौडेलको तर्क रहेको छ ।








