४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

शेखरको प्रश्न – चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको हो


५ असार २०८२, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले उखु उत्पादक किसानलाई दिंदै आएको अनुदान रोकिएको प्रति आपत्ति जनाएका छन् ।

‘उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक भएको ’, कोइरालाले भने का छन् । के बिचौलीयको प्रभावले गर्दा किसानलाई दिने अनुदान रोकिएको हो भन्ने कोइरालाले प्रश्न गरेका छन् ।

फाईल :तस्बिर

नेता कोइरालाले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा सरकारको यस्तो निर्णयले उखु किसान विस्तापित हुने पक्का भएको उनको दाबी छ ।

उनले अघि प्रश्न गरेकना छन्, ‘कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको हो त ?

 

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ४ : ०५ बजे