काठमाडौं । सर्वोच्च अदालतले गैर आवासीय नेपाली संघ एनआरएनए०को दशौं महाधिवेशन रद्द गर्ने यसअघिको आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ ।

न्यायाधीशहरू विनोद शर्मा, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले फैसला पुनरावलोक हुनुपर्ने भनि पेस भएको निवेदनमा ‘निस्सा हुने’ आदेश गरेको हो ।







