२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

लागु औषध विरुद्ध सचेतनामूलक अन्तक्र्रिया कार्यक्रम


५ असार २०८२, शुक्रबार  

0
Shares

काठमाडौ । टोखा नगरपालिका ६.नं.वडा कार्यालयको आयोजनामा लागु औषध विरुद्ध सचेतनामूलक अन्तक्र्रिया कार्यक्रम सञ्चालन भएको हो । टोखा नगरपालिका वडा नं.६ स्थित एसियन प्यासिफिक स्कुलको सभाहलमा सम्पन्न भएको हो ।
सभ्य र समुन्नत समाज निर्माण अभियानको रुपमा टोखा नगरपालिकाले गर्दै आएका विभिन्न कामहरुमध्ये लागु औषधमुक्त नगर बनाउने अभियान पनि एक भएको कुरा कार्यक्रमका प्रमुख अतिथि टोखा वडा नं. ६ की वडा अध्यक्ष शान्ता खनालले बताएकी हुन् । ‘भविष्यका कर्णधार बालबालिका तथा किशोकिशोरीहरु उचित संगत र पारिवारिक लापर्बाहीका कारण फसिरहेका छन्’ खनालले भनिन् ‘यसलाइै जरैदेखि उखेल्न परिवार, समाज, शिक्षण संस्था सबैको उत्तिकै जिम्मेवरी रहेको बताइन्
सो कार्यक्रममा प्रमुख अतिथि खनालले आउँदो भदौ २९ गते विश्व बालदिवसको उपलक्ष्यमा बालमैत्री वडाको रुपमा घोषणा गर्ने तयारी रहेको बताएका छन् । ।
मनोविद् तथा परामर्शदता कार्यक्रमका विशेष अतिथि गोपाल ढकालले कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै,ढकालले नेपालमा विशेष गरी साथीभाइको संगत, बेरोजगारी, बालबालिका तथा किशोर, किशोरहरु प्रति परिवारको माया, ममता, स्नेह जस्ता भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागुपदार्थजन्य वस्तुको विक्री वितरणबाट छिटै धनी बन्ने व्यापारीको गलत मनासाय जस्ता कारणले लागुपदार्थको दुरुपयोग बढिरहेको बताए ।
मनोविद ढकालले लागु औषध वस्तुको सेवनले मानिसको शरीरिक तथा मानसिक स्वास्थ्यमा ठूलो असर पु¥याउँछ । साथै केन्द्रीय स्नायु प्रणालीमा असर पु¥याउने भएकाले मानिसको चेतना, भावना तथा सोचाइमा समेत नकारात्मक परिवर्तन ल्याई मानव जीवनलाई बर्बाद हुने बताए ।
एसिया प्यासिफक स्कुलका प्रबन्ध निर्देशक तथा कार्यक्रमका सभाध्यक्ष प्रदीपराज अधिकारीले
लागुपदार्थ दुव्र्यसन समाजको जटिल समस्या रहेको बताए । उहाँले बालबालिकाहरुमा देखासिकी, साथीभाइको संगत र नयाँ अनुभव लिने उत्सुकताले कुलतमा फस्ने बताए । अधिकारीले आफ्नो स्कुलमा विद्यार्थी भाइबहिनीहरुलाई यस्ता सचेतनामूलक कार्यक्रममा सहभागी बनाउँदै गएको कुरा समते भने । लागुपदार्थ न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउन राज्य, अभिभावक तथा शिक्षणसंस्था समेत सक्रिय हुनुपर्ने बताए ।
लागुपदार्थको दुव्र्यसनीबाट समाजमा हत्याहिंसा, चोरीडकैती, लुटपाट, देहव्यापार जस्ता विकृतिबाट मानिस आक्रान्त बन्न पुग्छ । कुलतमा संलग्न व्यक्ति मात्रै नभई उसको परिवार, समाज, राष्ट्र तथा अन्तराष्ट्रियस्तरमा समेत खतरा सिर्जना हुने गर्छ । नेपाल सरकार लागु पदार्थ औषध सर्वेक्षण २०७६ अनुसार,१,३०,४२४ जना लागुपदार्थको दुव्र्यसनीमा फसेको सर्वेक्षण तथ्याङ्कमा उल्लेख छ ।
लागुपदार्थ दुव्र्यसनीरहित स्वस्थ र समुन्त समाज निर्माणका लागि लागुऔषध नियन्त्रण नीति, २०६३ लागु भइसकेको छ । लागुपदार्थको अवैध ओसारपसार, कारोबार एवं आपूर्तिमा कडाइका साथ नियन्त्रण सँगै सो सँग सम्बन्धित अपराधमा कमी ल्याउन सम्पूर्ण नेपालीको उत्तिकै जिम्मेवार अपरिहार्य रहन्छ ।
टोखा नगरपालिका वडा नं. ६ को आयोजना तथा चोमोलुङ्गमा मिडिया प्रोडक्सन प्रा.लि.को सहकार्यमा सम्पन्न उक्त सचेतनामूलक अन्तक्र्रिया कार्यक्रममा विद्यालयका कक्षा ६, ७ र ८ मा अध्ययनरत तीन सयभन्दा बढी बालबालिकाहरुका साथै शिक्षक–शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, शुक्रबार  १ : ०३ बजे