२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

प्रतिनिधिसभाबाट बजेट पारित


१० असार २०८२, मंगलबार  

0
Shares

काठमाडौं । विनियोजन विधेयक ९बजेट० प्रतिनिधिसभाबाट पारित भएको छ ।

मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।


जसलाइ सभाले बहुमतले पारित गरेको हो । बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदहरू अनुपस्थित थिए । उनीहरूले बजेटमाथिको छलफल पुरै बहिष्कार गरे । भिजिट भिसा प्रकरणमा गृहममन्त्रीको राजीनामा माग्दै आएका उनीहरूले यो विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायीयक आयोग गठनको माग राख्दै आएका छन् । यी माग पुरा नभएको भनेर दुई दलका सांसद गत जेठ १३ गते यता प्रतिनिधिसभाको कामकारबाहीका सरिक भएका छैनन् । मंगलबार बजेट पारित हुँदा पनि दुवै दलका सांसदहरू सभामा थिएनन् । प्रतिपक्षी दलको विरोध र अवरोधका बीच सभा सञ्चालन हुँदै आएको छ । बजेट पारित भएसँगै सभामा बजेटसँग आश्रित विधेयक आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ अगाडि बढेको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ४० बजे