८ असार २०८३, सोमबार | Mon Jun 22 2026

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक


२० असार २०८२, शुक्रबार  

0
Shares

काँक्रेविहार । कर्णाली राजमार्गअन्तर्र्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, ‘अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।’ रासस

Sagarmatha

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : ०५ बजे