८ असार २०८३, सोमबार | Mon Jun 22 2026

देशको केही स्थानमा भारी वर्षा हुने सम्भावना


२० असार २०८२, शुक्रबार  

0
Shares

काठमाण्डौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ।

पछिल्लो १२ घन्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भएका छन्।

Sagarmatha

ताप्लेजुङको दोभानमा गएको १२ घन्टामा ८६।२ मिलिमिटर वर्षा भएको छ। कास्कीको ज्यामिरेबेसीमा ६०।२ मिलिमिटर, मुगुको ताल्चामा ५४।९ मिलिमिटर वर्षा भएको छ।

शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।  कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। दिउँसो देशको उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश प्रदेशका एक(दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति पनि देशको उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ८ : ०७ बजे