२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

भोजपुरमा १६ जनाको सामूहिक हत्या


२२ असार २०८२, आइतबार  

0
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, भोजपुरको प्रहरी कन्ट्रोल १०० मा आइतबार मध्यराति एक युवकले हडबडिँदै फोन गरे, ‘मेरो ज्यान खतरामा छ, तीन जनालाई छुरा हानेर आएको छु ।’

आफूमाथि आक्रमण भएको र प्रतिकारमा आफूले पनि हानेको भन्दै उनले प्रहरीलाई बताएका थिए । यो घटना ‘रामप्रसाद राई गाउँपालिका–२, धोदलेखानी’ मा भएको सूचना समेत उनले प्रहरीलाई दिएका थिए ।


वडा नं। २ का वडाध्यक्ष राजकुमार तामाङका अनुसार, सदरमुकामबाट यो स्थानमा पुग्न कम्तीमा ५र६ घन्टा लाग्छ । नजिकैको प्रहरी युनिटबाट टोली पठाउँदा पनि कम्तीमा २ घन्टा लाग्ने स्थिति थियो ।  कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीका अनुसार, प्रहरी कन्ट्रोलमा फोन आउनासाथ अस्थायी प्रहरी चौकी ओख्रेबाट टोली खटिएको थियो ।‘जिल्ला प्रहरी कार्यालयबाट समेत एउटा टोली पठाइएको थियो, टोली पुगेर हेर्दा घरमा तीन जनाको मृत्यु भइसकेको थियो’, प्रहरी नायब महानिरीक्षक ९डीआईजी० कार्कीले भने, ‘त्यसपछि अर्को टोलीले फोन गर्ने राजेन्द्र राईको खोजीलाई व्यापक बनाएको थियो ।’ बाँसको छाप्रोले बनेको घरभित्र खाटमा एकैठाउँ ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी, उनीहरूका १६ वर्षीया छोरी र १० वर्षीय छोराको शव फेला परेको हो ।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ९ : ५६ बजे