काठमाडौं । प्रतिनिधिसभाको कार्यसूचीमा रहेको ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई हटाइएको छ ।
सत्ता साझेदार नेपाली कांग्रेसले विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै पारित गर्न नहुने अडान राखेको थियो । विधेयकलाई संसदीय समितिमा लगेर छलफल गर्नुपर्ने कांग्रेस सांसदहरूको माग छ । विधेयकमा संशोधन गर्ने कांग्रेस सांसदहरूले कार्यसूचीमा नराख्न दबाब दिएका थिए । आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची राखिएको थियो ।

साथै, सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट संशोधन सहित आएको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि ० विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।








