२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

चीनले हमला गरे आफ्नो प्रतिरक्षा गर्न ताइवानले थालेको सैन्य अभ्यासमा


२५ असार २०८२, बुधबार  

0
Shares

काठमाडौं । बिबिसि नेपालीबाट सार, ताइवानले चीनको सम्भावित आक्रमणविरुद्ध आफ्नो प्रतिरक्षा क्षमता बढाइरहँदा बुधवारदेखि सो स्वशासित टापुमा वार्षिक सैन्य अभ्यास ुखान ग्वाअङु सुरु भएको छ।

हालसम्मकै सबैभन्दा ठूलो र लामो भनिएको यस वर्षको ुखान ग्वाअङु झन्डै १० दिन चल्ने छ। यो अभ्यास गत वर्षको भन्दा दुईगुना लामो हुने छ।

यसको उद्देश्य सर्वसाधारण ताइवानीहरूलाई सम्भावित आक्रमणका लागि तयार पार्नु रहेको भए पनि यो टापुको प्रतिरक्षा क्षमता सार्वजनिक रूपमा प्रदर्शन गर्नु र बेइजिङलाई स्पष्ट सङ्केत पठाउनु समेत हो।
चीनले स्वशासित ताइवानलाई आफ्नो क्षेत्रको रूपमा दाबी गर्छ र कुनै दिन यससँग ूपुनरेकीकरणू गर्ने वाचा गर्दै आएको छ। बेइजिङले त्यस क्रममा बल प्रयोगको सम्भावनालाई नकारेको छैन। त्यसले ताइवानको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिका पनि द्वन्द्वमा तान्ने आशङ्का उत्पन्न भएको छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १२ : १३ बजे