३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

सोमबार यी नदीहरूमा बाढीको जोखिम



काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च रहने पूर्वानुमान छ ।

साथै इलाम, झापा, पाँचथर, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहने पूर्वानुमान छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ०८ बजे