१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

रास्वपा र राप्रपाले गरे संसद बैठक बहिष्कार ! ओलीलाई लिङ्देनको प्रश्न, कहाँ छ सुशासन आयोग ? [फोटोफिचर]



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका र राष्ट्रिय प्रजातन्त्र पार्टीका संघीय सांसदहरुले सोमबारको संसद बैठक बहिष्कार गरेका छन् । बैठकको आकस्मिक समयमा रास्वपा र राप्रपाका सांसदले बोलिसकेपछि सबै सांसदहरु बैठक स्थलबाट बाहिरिएका थिए ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित सुशासन आयोगको खोजी गरेका छन् ।

‘कहाँ छ हो यो प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनताले, देशले खोजिरहेको छ,’ सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने ।

८ वैशाख २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा सुशासन आयोग गठन गरेको थियो । उक्त आयोगले के गरिरहेको छ भनेर राप्रपा अध्यक्ष लिङ्देनले संसद्‍मा प्रश्न गरेका हुन् ।

मन्त्रीहरू एकपछि अर्को लेनदेन कान्डमा मुछिएको भन्दै उनले नैतिकता भए त्यस्ता मन्त्रीको राजीनामा आउनुपर्ने वा बर्खास्त गरिनुपर्ने उनले बताए । मन्त्रीका गलत कार्यको विषयमा निरन्तर प्रश्न उठाइरहने उनको चेतावनी छ ।

भिजिट भिसामा जानेसँग अपारदर्शी रूपमा रकम लिने गलत कार्य भएको र जनताले पनि नियालिरहेको उनले बताए ।

 

प्रकाशित मिति : २९ असार २०८२, सोमबार  १ : ०३ बजे