२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

प्रतिनिधिसभा विघटनसँगै ३० वटा विधेयक निष्क्रिय (सूचीसहित)


सगरमाथा अनलाइन

३१ भाद्र २०८२, मंगलबार  

35
Shares

काठमाडौँ । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण प्रतिनिधिसभा हठात् विघटन हुँदा ३० वटा विधेयक निष्क्रिय भएका छन् ।

२०७९ मंसिर ४ गते भएको चुनावबाट गठित प्रतिनिधिसभा भदौ २७ गते विघटन हुँदा विधि निर्माणको विभिन्न चरणमा पुगेका विचाराधीन विधेयकहरु निष्क्रिय भएका हुन् ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका हुन् । प्रतिनिधिसभामा नियमावलीअनुसार प्रतिनिधिसभामा दर्ता भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी रहेका विधेयक जुनसुकै अवस्थामा भए पनि स्वतः निष्क्रिय हुने व्यवस्था छ ।

Sagarmatha

प्रतिनिधि सभाका विभिन्न समितिमा विचाराधीन रहँदा निष्क्रिय विधेयकहरुः

१.विद्युत विधेयक, २०८०
२. निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०
३. बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८०
४. धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१
५. नेपाल प्रहरी विधेयक, २०८१
६. सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१
७. निकासी पैठारी (नियमन) विधेयक, २०८१
८. नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१
९. नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१
१०. मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१
११. औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२
१२. राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२
१३. सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२
१४. बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२

राष्ट्रियसभाकाको विधायन व्यवस्थापन समितिमा निष्क्रिय भएका विधेयकहरुः

१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७
२. आमसञ्चार परिषद् विधेयक, २०८१
३. नवीकरणीय उर्जा तथा उर्जा दक्षता सम्बन्धी विधेयक, २०८१
४. नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१
५. तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१
६. पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलबार  २ : १० बजे