काठमाडौं । पछिल्लो समय सत्ता गठबन्धनमा देखिएको असमझदारी र काण्डहरूले राजनीतिक माहोल तातेको बेला नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विशेष भेटवार्ता गरेका छन् ।
बिहीबार दिउँसो करिब दुई घण्टा उनीहरूबीच खुमलटारस्थित प्रचण्ड निवासमा गहन कुराकानी भएको स्रोतले जनाएको छ ।
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमदेखि प्रधानमन्त्री र मन्त्रीस्तरसम्म जोडिएका पछिल्ला विवादित प्रकरणहरूबारे समेत विस्तृत छलफल भएको बताइएको छ ।

पार्टीभित्र र सत्ता साझेदारीमा बढ्दो असन्तुष्टि तथा सार्वजनिक रूपमा उठेका प्रश्नहरूका बारेमा पनि कोइरालाले प्रचण्डसँग स्पष्ट धारणा सुँन्ने र सल्लाह गर्ने प्रयास गरेका थिए ।
वार्तापछि कोइराला कुनै सार्वजनिक टिप्पणी नगरी फर्किएका छन् भने प्रचण्ड पक्षबाट पनि औपचारिक विवरण बाहिर आएको छैन । तर स्रोतका अनुसार दुवै नेताले परिस्थितिलाई सहज बनाउने प्रयासलाई निरन्तरता दिने संकेत दिएका छन् ।







