काठमाडौं । सोलुखुम्बुका बलराम गुरुङले महत्वपूर्ण व्यवसायिक व्यक्ति (सी.आई.पी) अवार्ड पाएका छन् । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल गलैचाँ उत्पादक तथा निकासीकर्ता संघ, काठमाडौंका अध्यक्ष गुरुङलगायतका व्यवसायीहरुलाई सीआईपी अवार्ड प्रदान गरेका हुन् ।
अवार्ड पाउनेहरुमा विभिन्न उद्योग व्यवसायिक तथा छाता संघ संस्थाका नेतृत्वहरु रहेका छन् । महासंघ अध्यक्ष ढकालसहित नेपाल चेम्बर अफ कमर्शमा अध्यक्ष कमलेश कुमार अग्रवाल, परिसंघका राजेशकुमार अग्रवाल, हस्तकला महासंघका रवीन्द्र शाक्य, निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरेलगायतले अवार्ड प्राप्त गरेका छन् ।
नेपालको व्यवसायिक र अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने, तेस्रो मुलुकमा निकासी, भारत तथा चीन जस्ता देशमा भएको नियार्तलगायतका मापदण्डमा तोकिएका आधारमा सीआईपीहरु छानिन्छ र अवार्ड दिइन्छ ।


महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआईपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०७४ अनुसार सिआइपी दिइने गरिन्छ ।
यस्तो सम्मान पाउने व्यक्तिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिआइपीको दर्जा पाउँछन् । उनीहरुका लागि सिंहदरबार तथा उच्चपदस्थहरुसँग भेट्न पनि सहज हुन्छ । केही वर्षदेखि रोकिएको उक्त अवार्ड यो वर्षदेखि पुनः सुरु गरिएको हो ।
हेर्नुस् अवार्ड पाउनेको सूचीः








