२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मधेशमा पानीको हाहाकार, सरकारको ध्यानाकर्षण


६ श्रावण २०८२, मंगलबार  

0
Shares

काठमाडौं । राष्ट्रिय सभामा मधेशमा पानीको हाहाकार भएको भनेर सांसदहरूले सरकारको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार राष्ट्रिय सभामा आकस्मिक समयमा बोल्दै उनीहरूले अहिले मधेशमा देखा परेको पानीको समस्या विस्तारै अन्यत्र समेत फैलिन सक्ने बताएका छन् ।

नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले मधेशमा सुख्खा क्षेत्र घोषित भएको स्मरण गरे ।

‘जनताले पानी समेत नपाउने अवस्थ आयो । बारुण यन्त्रमार्फत पानी लैजानुपर्ने अवस्था छ । यसमा सरकार गम्भीर बनोस् र तत्काल समस्या समाधानमा ध्यान दियोस्,’ उनले भने । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले पनि सरकारको ध्यानाकर्षण गराए ।

‘मधेशमा विकराल परिस्थिति सिर्जना भइसकेको छ । यो समस्या मेची महाकालीसम्मै पुग्न सक्दछ,’ उनले भनेका छन्, ‘पहिले मधेशमा १८ फिटमा पहिले पानी पाइन्थ्यो । अहिले कतै कतै साढे ३ सय फिटमा समेत पानी नपाउने अवस्था आएको छ ।’

 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : १२ बजे