२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

विधायन व्यवस्थापन समिति पुग्यो निजामती विधेयक


६ श्रावण २०८२, मंगलबार  

0
Shares

काठमाडौं । संघीय निजामती सेवा विधेयक दफावार छलफलका लागि राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति पुगेको छ ।

मंगलबार बसेको सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त संघीय निजामती सेवा विधेयकलाई दफावा छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

जसलाई सभाले स्वीकृत गरेको छ ।  यो विधेयकमा १६ समूहमा ४३ जना सांसदले संशोधन प्रस्ताव राखेका छन् ।

 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १० : ३६ बजे